बलात्कारको आरोपमा झापामा एक जना पक्राउ

समाचार

काठमाडौँ, ११ जेठ । किशोरी बलात्कारको आरोपमा झापामा एक जना पक्राउ परेका छन् । 

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले अर्जुनधारा नगरपालिका–६ पूर्वेली टोलका २० वर्षीय सुजन भुजेललाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

अभियुक्तले ती बालिकालाई प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक करणी गरेको आरोप छ । 

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ