सर्लाही, ११ जेठ । सर्लाहीको हरिवनमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
हरिवन नगरपालिका–१० सुकेपोखरीमा गएराति बसको ठक्करबाट पैदलयात्री अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । उनको सनाखत हुन बाँकी छ ।
काँकरभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना. ६ ख ३२६८ नम्बरको बसले ठक्कर दिएको थियो । प्रहरीले बससहित चालकलाई नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया