बारामा करेन्ट लागेर एक जनाको मृत्यु

समाचार

बारा, ११ जेठ । बाराको देवताल गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर देवताल गाउँपालिका-३ का ४० वर्षका रामप्रवेश महतोको मृत्यु भएको हो । 

मंगलबार बेलुकी पानी तान्ने विद्युतीय मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए ।

महतोको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ