काठमाडौं, ११ जेठ । पेट्रोलियम पदार्थमा लगातार हुँदै आएको मूल्यवृद्धि फिर्ताको माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बृहत् विरोध प्रदर्शन गरेको छ ।
लोसपा काठमाडौं जिल्ला कार्यसमितिले बुधबार काठमाडौंको माइतिघर मण्डलामा बृहत् विरोध प्रदर्शन गरेको हो ।
लोसपाका नेता कार्यकर्ताहरुले मूल्य वृद्धि फिर्ता गर, कालोबजारी नियन्त्रण गर, नालायक सरकार मुर्दावाद लगायतका नाराबाजीसमेत गरेका थिए ।
विरोध प्रदर्शन कार्यक्रममा लोसपाका केन्द्रीय नेता डा.सुरेन्द्र झा लगायत काठमाडौं जिल्ला समितिका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया