दलीय आबद्धता त्याग्न शिक्षक तथा कर्मचारीलाई राजापुर नगरपालिकाको निर्देशन

समाचार

बर्दिया, ११ जेठ । बर्दियाको राजापुर नगरपालिकाले विभिन्न दलमा आबद्ध शिक्षक तथा कर्मचारीहरूलाई सात दिनभित्र दलीय आबद्धता त्याग्न निर्देशन दिएको छ ।

नवनिर्वाचित मेयर दिपेश थारुको नेतृत्वमा बसेको नगरपालिकाको पहिलो बैठकले विभिन्न राजनीतिक दलमा आबद्ध रहेका शिक्षक र कर्मचारीलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएको हो ।

शिक्षक तथा कर्मचारी राजनीतिक दलमा आबद्ध हुँदा शैक्षिक गतिविधि प्रभावित भएको निष्कर्ष निकाल्दै बैठकले यस्तो निर्णय गरेको हो ।

नगरपालिकाले शिक्षक र कर्मचारीले दलका विभिन्न पद नछाडे कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

 

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ