कैलाली, ११ जेठ । कैलालीको धनगढीमा वृद्धभत्ता लिन लाइनमा बसेका एक वृृद्धको मृत्यु भएको छ ।
धनगढी–१८ फूलबारीका ७४ वर्षीय गुलिराम चौधरीको मृत्यु भएको हो । मंगलबार भत्ता लिन धनगढी–१८ को वडा कार्यालय पुगेका चौधरी एकाएक ढलेका थिए ।
उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
चौधरी दम र मधुमेह रोगबाट पीडित रहेकाे धनगढी–१८ का वडा अध्यक्ष भुवन रिजालले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया