धनुषा, १३ जेठ । मुटुसम्बन्धी रोगबाट पीडित धनुषाको कमला नगरपालिकाका एक सात वर्षीय बालकको उपचारका लागि परिवारले सहयोगको अपिल गरेको छ ।
मुटुसम्बन्धी जटिल रोगबाट पीडित कमला नगरपालिका–३ लगमाका बालक सुरजकुमार मुखियाको उपचारका लागि परिवारले आर्थिक सहयोग गर्न अपिल गरेको हो ।
करिब चार वर्षदेखि उपचार चलिरहेको सुरजको मुटु नै प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले सल्लाह दिएपछि परिवार थप पीडित बनेको छ । काठमाडौँस्थित राष्ट्रिय शहीद गंगालाल अस्पतालमा उपचारका क्रममा १७ लाखभन्दा बढी रुपैयाँ खर्च गरिसकेको भए पनि अहिले आएर चिकित्सकले मुटु नै प्रत्यारोपण गर्नुपर्ने भने पछि तनाव, चिन्ता र अभावका बीच सुरजका बुवाआमा रकम जुटाउन भौँतारिन थालेका छन् ।
सुरजका बुवा सन्दिप मुखियाले सर्वसाधारणको सानो सहयोगले छोराको जीवन रक्षा हुने भन्दै आर्थिक सहयोगको अपिल गरेका छन् । चार वर्षअघि बालकको मुटुमा समस्या देखिएपछि गंगालाल अस्पतालमा निरन्तर उपचार चल्दै आएको छ ।
सुरजको अवस्था झन् जटिल बनेपछि मुटु प्रत्यारोपण मात्र विकल्प भएको र यसका लागि १ करोडसम्म पनि खर्च लाग्न सक्ने चिकित्सकले आफूलाई बताएको बालकका बुवा मुखियाले जनाएका छन् ।
विभिन्न ठाउँबाट ऋणसमेत लिएको उनले बताएका छन् । उनले धनुषाको सघारास्थित एनआईसी एसिया बैंकको खातामा सहयोग रकम जम्मा गरिदिन पनि सबैसँग अपिल गरेका छन् । सन्दिपकुमार मुखियाको नाममा रहेको खाताको नम्बर २३२५७५०६१८८९४००१ रहेको छ ।
Name: Sandip Kumar Mukhiya
A/C 2325750618894001
NIC ASIA BANK
Phone number: 9807604116
तपाईको प्रतिक्रिया