सप्तरीको छिन्नमस्तामा आगलागी, ६ घर जले

समाचार

सप्तरी, १३ जेठ । सप्तरीको छिन्नमस्तामा आगलागी हुँदा ६ वटा घर जलेका छन् । 

छिन्नमस्ता गाउँँपालिका–५ लोखरम भटोत्तरमा आज बिहान आगलागी भएको हो । आगलागीबाट स्थानीय महेन्द्र कामैत, शकंर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा क्षति भएको छ ।

आगलागीबाट गाउँबस्तीलाई जोगाउन बेचन कामैत र शनिचर कामैतको घरसमेत भत्काउनुपरेको छिन्नमस्ता गाउँपालिका–५ का वडाध्यक्ष जयप्रकाश ठाकुरले बताएका छन् ।

करिब तीन घण्टाको प्रयासमा स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।

चौपायालाई लामखुट्टेबाट जोगाउन बालिएको घुरबाट आगो सल्किएको बताइए ।

आगलागीबाट दुई खसी र दुई बाख्रा जलेर मरेका छन् ।

आगलागीबाट घर, लत्ताकपडा, फर्निचर, अन्नपात, भाँडाकुँडासहित २३ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ