भलबारीस्थित तेल डिपो ठूलो दुर्घटनाबाट जोगियो, दुई ट्याङ्करमा आगलागी

समाचार

रुपन्देही, १३ जेठ । रुपन्देहीको भलबारीस्थित तेल डिपोमा दुई वटा ट्याङ्करमा आगलागी भएको छ ।

आज बिहान भलबारीस्थित नेपाल आयल निगमको डिपो अगाडि रहेका दुई वटा ट्याङकरमा आगलागी भएको हो । डिपोमा तेल खन्याइसकेपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ । लु. २ ख २६५६ र लु. २ ख ५६८७ नम्बरको ट्याङ्करमा आगलागी भएको हो ।

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलबारी आयल निगमको दमकलको सहयोगमा करिब एक घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ