बारा, १३ जेठ । बाराको जितपुरसिमरामा ३५ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।
जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया तिनकुने चोकबाट उनीहरू गाँजासहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ वनस्पतिका ३९ वर्षीय सजन स्याङ्गतान र ३५ वर्षीय भुवन तितुंग छन् ।
हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको ना.२ ह २८८८ नम्बरको अटोलाई प्रहरीले जाँच गर्दा लागूऔषध गाँजा फेला परेको हो ।
तपाईको प्रतिक्रिया