भरतपुरकी मेयर दाहाल दुर्घटना परी घाइते

समाचार


ललितपुर, १३ जेठ । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल दुर्घटना परी घाइते भएकी छन् । 

आज दिउँसो दाहाल सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरकाे गाडी जावलाखेलकाे स्टाफ कलेजनजिकै बिजुलीकाे पाेलमा ठाेक्किएर दुर्घटना भएको हो । 

गाडी दुर्घटना हुँदा घाइते भएकी दाहाललाई ललितपुरकाे पुल्चाेकस्थित सुमेरु सिटी अस्पताल भर्ना गरिएकाे छ ।

उनको टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ।

दाहालको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ