काठमाडौं, १३ जेठ । पूर्वप्रदेश प्रमुख एवं राजनीतिक विश्लेषक डा. राजेश अहिराजले क्षेत्री समाज राष्ट्रिय महासंघलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका छन् ।
डा.अहिराजले शुक्रबार जुम्ला जिल्लाको सिंजामा त्यहाँका नागरिक समाजका बीच क्षेत्री समाज राष्ट्रिय महासंघका अध्यक्ष विष्णु खड्कामार्फत् हस्तान्तरण गरेका हुन् ।
क्षेत्री समाज राष्ट्रिय महासंघलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै डा.अहिराजले भनेका छन्, ‘जुम्लाको सिंजा जस्तो पुण्य भूमिमा सिंजाका नागरिक समाजबीच झण्डा हस्तान्तरण गर्न पाउँदा हर्षको अनुभूति भएको छ ।’
तपाईको प्रतिक्रिया