समाजसेवी यादवद्वारा काठमाडौंका नवनिर्वाचित मेयर बालेनलाई बधाई तथा शुभकामना व्यक्त

समाचार

काठमाडौं, १३ जेठ । मानव उत्कर्ष नेपालका उपाध्यक्ष योगेन्द्र यादवले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

मानव अधिकारको वकालत गर्ने समाजसेवी यादवले मधेश, पहाड र तराईलाई जोड्ने कडीको रुपमा बालेनको उदय भएको बताएका हुन् ।

मिथिला क्षेत्रमा जन्मिएका नवनिर्वाचित मेयर साह मुलुकको मुटु काठमाडौ महानगरमा निर्वाचित हुँदा मधेश र पहाडको सामिप्यता बढेको स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ