सर्लाही, १३ जेठ । चन्द्रनगर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राज कुमार महतोले पदभार ग्रहण गर्दै चन्द्रनगर गाउँपालिकामा रहेको छोरीहरुले उच्च शिक्षा पूरा गरि २० बर्ष पारी विवाह गर्ने छोरीलाई सम्मान स्वरुप ५० हजार सहयोग गर्ने पहिलो निर्णय गरेका छन् ।
चन्द्रनगर गाउँपालिकामा बर्सेनि ५०% भन्दा बढी हुने बालबिवाह, २०% भन्दा बढी कम उमेरमा गर्ने भागी बिवाहलाई निरुत्साहित गरि छोरीलाई बोझ भन्दा अवसरको रुपमा ग्रहण गरि शिक्षाको मुलधारमा ल्याई आफ्नो खुट्टामा आफै उभिन उक्त निर्णय गरेको अध्यक्ष राजकुमार महतोले बताए ।
अध्यक्ष राजकुमार महतोले पदभार गर्दै गरेको पहिलो निर्णयले बालविवाह, भागी विवाह, लैङ्गिक हिंसा, घरेलु हिंसाको अन्त्य गर्न महत्त्वपूर्ण भुमिका खेल्ने र गरिब, दलित सहित सबै परिवारका छोरीलाई शिक्षाको मुलधारमा ल्याई उच्च शिक्षा तिर डो¥याउनेमा प्रभाव पार्ने स्थानीय पचु माझी मुसहरले बताए ।
तपाईको प्रतिक्रिया