निजगढ विमानस्थल निर्माण कार्य रोक्ने फैसलाप्रति अध्यक्ष नेपालको असन्तुष्टि

समाचार

काठमाडौँ, १३ जेठ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभा बैठकमा शुक्रबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा अध्यक्ष नेपालले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेसम्बन्धी सरकारका सबै निर्णय बदर गरिदिने सर्वोच्च अदालतको फैसला आउनु दुखद भएको बताएका हुन् ।

विमानस्थल निर्माणका लागि अर्बौ रुपैयाँ खर्च भइसकेको तथा जमिन अधिग्रहण कार्य पनि भइसकेको अवस्था काम रोकिनु उपयुक्त नहुने उनको भनाइ छ ।

उनले फैसलामाथि पुनर्विचार गर्न पनि सर्वोच्च अदालतसँग आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ