काठमाडौंमा शिव शिष्य/शिष्याको संगोष्ठी सम्पन्न

समाचार

काठमाडौं, १४ जेठ । शिव शिष्य/शिष्याको संगोष्ठी सम्पन्न भएको छ । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा शनिबार सम्पन्न संगोष्ठी कार्यक्रममा सात सयभन्दा बढी शिव शिष्य/शिष्याहरुको उपस्थिति रहेको थियो ।

‘आउनुहोस् भगवान शिवलाई आफ्नो गुरु बनाउनुहोस्’ मूल नाराका साथ शिव शिष्य हरिन्द्रानन्द फाउण्डेशनको आयोजनामा संगोष्ठी सम्पन्न भएको हो ।

सो कार्यक्रममा प्रथम शिव शिष्य साहेब श्री हरिन्द्रानन्दको विशेष उपस्थिति रहेको थियो भने शिव शिष्य हरिन्द्रान्द फाउण्डेशन भारतका अध्यक्ष अरचित आनन्दको उपस्थिति रहेको थियो ।

यसैगरी, केन्द्रीय सचिव बर्खा सिन्हा, फाउण्डेशन नेपालका रामप्रवेश साह, ओमप्रकाश सिंह, अशोक गुप्ता लगायतका शिव शिष्य/शिष्याहरुको उपस्थितिमा संगोष्ठी सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ