दाङ, १४ जेठ । लमही नगरपालिका–१ गौराह भन्ने जंगलमा सिकार खेल्न गएको अवस्थामा भरुवा बन्दुक पड्किँदा सोही नगरपालिका गौराह बसन्तपुर बस्ने २३ वर्षीय कालुराम घर्ती मगरको मृत्यु भएको छ ।
कालुराम घर्ती मगर सहित ९ जना सिकार खेल्न गएकोमा सँगै गएका ४२ वर्षीय बुद्धिराम घर्तीमगरले बोकेको भरुवा बन्दुक लहरामा एक्कासि अड्डिन गई पड्किँदा कालुरामको घाँटीमा छर्रा लागेर मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले मृतक सँगै गएका ८ जनालाई ४ थान भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया