खैरो हेरोइनसहित युवक पक्राउ

समाचार

बाँके, १४ जेठ । नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट करिब २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।

कोहलपुर नगरपालिका–३ बस्ने २१ वर्षीय राजन शाहीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगञ्जबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ