तारा एयरको जहाज सम्पर्कविहीन, को को छन् विमानमा ?

समाचार

काठमाडौँ, १५ जेठ। तारा एयरको जहाज सम्पर्कविहीन भएको छ ।

पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्कविहीन भएको हो ।

१९ जना यात्रु र तीन चालक दलका सदस्यसहित आज बिहान ९ः५५ मा पोखराबाट जोमसोम उडेको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ।

विमान मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका गरिएको छ । स्थानीयवासीले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्याल मुस्ताङले जानकारी दिएको छ ।

मुस्ताङको लेते क्षेत्रमा ठूलो आवाज आएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । यसैबीच, जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको छ । उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको छ ।

विमानमा ६ विदेशीसहित १९ जना यात्रु रहेका छन् । जसमा १३ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिक रहेका छन् । विमानमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे, उत्सव पोखरेल र किस्मी थापा रहेका छन् । त्यस्तै, जहाजमा युवे विल्नर, रितिका त्रिपाठी, धनुष त्रिपाठी, अकोश कुमार त्रिपाठी, तुलसा देवी तामाङ, सुकुमाया तामाङ, राममाया तामाङ, मकरबहादुर तामाङ, प्रकाश सुनुवार, रोजिना श्रेष्ठ, रश्मी श्रेष्ठ, रविना श्रेष्ठ, गणेशनारायण श्रेष्ठ, बसन्त लामा, माइक ग्रीट ग्य्राफ, राजन कुमार गोले, पुरुषोत्तम गोले, इन्द्रबहादुर गोले र वैभवी बान्डेकर यात्रु रहेको जनाइएको छ । 

तारा एयर यति एयरलाइन्सको जहाज हो ।

 

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ