काठमाडौँ, १५ जेठ । सरकारले गणतन्त्र दिवको अवसरमा गौर कारागारका आठ कैदीलाई आममाफी दिएको छ ।
आइतबार १५ औँ गणतन्त्र दिवसको अवसरमा रौतहटको गौर कारागारमा बन्दी जीवन बिताइरहेका आठ कैदीले आममाफी पाएका हुन् ।
माफी पाएकाहरू कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा सवारी ज्यान मुद्दामा सजाय काटिरहेका थिए ।
सवारी ज्यान मुद्दाका बन्दी बाराका बलिराम दास, नितेस राम, गुडु प्रसाद यादव, रौतहट राजपुरका शेख मुसर्रफ, चन्द्रपुर सन्तपुरका अजय चौधरी, ज्यान मार्ने उद्योग मुद्दाका रौतहट राजपुरका सौद मिंया, बहुविवाह मुद्दाका सर्लाहीका चन्देश्वर प्रसाद सिंह र कर्तव्य ज्यान मुद्दाका रौतहट राजपुरका शेख अब्दुल खालिदले आममाफी पाएका छन् ।
तपाईको प्रतिक्रिया