कैलाली, १५ जेठ । कैलालीको धनगढीस्थित मोहना नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका-३ विशालनगरका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको मृत्यु भएको हो ।
चटकपुर-राजघाट जोड्ने पुलको मुनतिर मोहना नदीमा आइतबार दिउँसो नुहाउन गएका उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया