सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि

समाचार

काठमाडौँ, १५ जेठ । सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि भएको छ । 

नयाँ आर्थिक वर्षको साउनदेखि कर्मचारीको तलब बढ्ने भएको हो । 

आइतबार अर्थमन्त्री जनार्दन शर्माले सदनमा २०७९/०८० को बजेट वक्तव्य दिँदै राष्ट्रसेवक कर्मचारीको १५ प्रतिशत तलब वृद्धिको घोषणा गरेका हुन् । 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ