सरकारले जनकपुर चुरोट कारखानासहित बन्द उद्योग सञ्चालनमा ल्याउने

समाचार

काठमाडौँ, १५ जेठ । सरकारले जनकपुर चुरोट कारखानासहित बन्द रहेका उद्योग सञ्चालनमा ल्याउने भएको छ । 

आइतबार आर्थिक वर्ष २०७९/८० बजेट बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बन्द भएका जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योगसहित अन्य रुग्ण उद्योग आगामी वर्षदेखि पुन: सञ्चालनमा ल्याउने बताएका हुन् । 

रूग्न तथा बन्द अवस्थामा रहेका जनकपुर चुरोट कारखाना, विराटनगर जुट मिल, कृषि औजारा कारखाना, गोरखकाली रबर उद्योग, वीगरञ्ज चिनी उद्योग, हेटौंडा कपडा उद्योगा र बुटवल धागो उद्योग उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइने छ ।

सरकारले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा सार्वजनिक पद धारण गरेका व्यक्तिले लगाउनुपर्ने पनि बजेट भनिएको छ । 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ