सम्पर्कविहीन विमानमा धनुषाको एकै परिवारका सात जना, चिन्तामा परिवार र स्थानीय

समाचार

काठमाडौँ, १५ जेठ । सम्पर्कविहीन रहेको तारा एयरको विमानमा धनुषाको एकै परिवारका सात जना सवार रहेको पुष्टि भएपछि परिवार तथा स्थानीयवासी चिन्तामा डुबेका छन् । 

धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका एकै परिवारका सात जना विमानमा सवार थिए ।

जोमसोम हुँदै मुक्तिनाथ दर्शनका लागि गएका उनीहरू सवार विमान सम्पर्कविहीन भएको खबरसँगै परिवारमा रुवावासी चलको छ भने स्थानीय चिन्तित भएका हुन् । 

विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारले पुष्टि गरेको छ ।

विमानमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।

दिनभर विमानको खोजी गरिए पनि भेटिएको छैन । भोलि बिहानैबाट पुन: खोजी सुरु गरिने सेनाले जनाएको छ । प्रतिकुल मौसम र भौगोलिक विकटताका कारण खोजी कार्य प्रभावित हुँदै आएको छ । 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ