धनुषा, १६ जेठ । धनुषामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
क्षीरेश्वरनाथ नगरपालिकाकी १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय सिकिन्द्र साह छन् ।
अन्य चार जना फरार छन् । फरार रहेकाहरूमा क्षीरेश्वरनाथ नगरपालिका–६ का २८ वर्षीय गणेश महतो, वडा नम्बर ५ का ४० वर्षीय जयकुमार यादव र भारतको विहार घर भई क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने ३० वर्षीय धर्मेन्द्र पटेल छन् ।
एक जनाको नाम र ठेगाना खुल्न नसकेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
गत चैत १ गते उनीहरूले ती किशोरीलाई मिथिला नगरपालिका–५ स्थित एक होटलमा जबरजस्ती करणी गरेका थिए ।
पक्राउ परेकालाई धनुषा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया