पर्साको बहुदरमाईमा नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

समाचार

पर्सा, १६ जेठ । पर्साको बहुदरमाईमा नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् । 

बहुदरमाई नगरपालिकाबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बहुदरमाई–८ का १९ वर्षीय राजाबाबु साह र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई–८ मा बस्दै आएका २० वर्षीय अजय सहनीलाई पक्राउ गरेको हो । 

उनीहरूका साथबाट नेपाली १ हजार दरका २० थान २० हजार नक्कली नोट बरामद गरिएको छ ।

जगरनाथपुर गाउँपालिकामा लागेको मेलामा नक्कली नेपाली नोट साट्दै गरेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जनाए । 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ