सप्तरी, १७ जेठ । सप्तरीमा भाउजुलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन् ।
२७ वर्षीया राजकुमारी साहलाई हत्या गरेको आरोपमा प्रहरीले उनको देवर बोदेबरसाईन नगरपालिका–१ धनगढीका प्रमेश्वर साह पक्राउ गरेको हो ।
गत माघ २१ गते बिहान भाउजुलाई पेट्रोल छर्केर आगो लगाई फरार भएका थिए । उनलाई ईलाका प्रहरी कार्यालय बोदेबरसाईन सप्तरीबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीमाथि जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया