कपिलवस्तु, १७ जेठ । कृष्णनगर नगरपालिका–७ जौबारीस्थित सडकमा ना.२ क ८१८ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने ५५ वर्षीय महोमद हनिकको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याङकर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया