भैरहवामा नापी कार्यालयका अमिन घुससहित पक्राउ

समाचार

भैरहवा, १७ जेठ । भैरहवास्थित नापी कार्यालयका अमिन टेकबहादुर रायमाझी घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले उनलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सिनपा-१२ स्थित जग्गाको हालसाविकका लागि घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ