प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २० वर्षीय माे. नियामत दर्जीलाई पक्राउ गरेको हो ।
गत जेठ ७ गते राति स्थानीय रामेश्वर चाैधरीकाे घरका ढाेकाकाे ताल्चा फाेटाएर सरसमान चाेरी गरेको उनीमाथि आराेप छ ।
प्रहरीले उनलाई सरसमानसहित पक्राउ गरेको छ । चाैधरीकाे घरबाट ल्यापटप ३ थान, ट्याव १ थान, माेबाईल १ थान, नगद ५ हजार र सुनका गरगहना चाेरी भएको थियो ।
दर्जीले चाेरीकाे सरसमान स्थानीय कलवार कुटी अगाडि चाैरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेकाे हाे ।
तपाईको प्रतिक्रिया