काठमाडौँ, १७ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिलकुमार झाले तराईमा सिँचाइका लागि ठोस कार्यक्रम बजेटमा नभएको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा उनले यस्ताे बताएका हुन् ।
उनले बजेटमा चुरे संरक्षण गर्न कुनै कार्यक्रम नरहेको भन्दै तराईमा आर्सनिकरहित स्वच्छ पानी खुवाउने विषय नसमेटिएको पनि बताए ।
सांसद झाले बजेट वितरणमुखी र आगामी निर्वाचनमा कार्यकर्ता रिझाउने गरी ल्याइएको पनि टिप्पणी गरे ।
‘बजेट वितरणमुखी छ । ६ महिनापछि हुने चुनावमा दुई चार लाख कार्यकर्ता रिझाउने गरी ल्याइएको छ,’ उनले भने । बजेटमा चुरे संरक्षण गर्न कुनै कार्यक्रम नरहेको बताउँदै उनले तराईमा आर्सनिकरहित स्वच्छ पानी खुवाउने विषयमा नसमेटिएको बताए ।
शिक्षा र स्वास्थ्यका लागि स्थानीय तहका छुट्याइएको बजेटले भौतिक पूर्वाधारका लागि पर्याप्त नहुने दाबी गर्दै झाले जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक जाने वातावरण बनाउन सक्ने कार्यक्रम पनि नरहेको बताए ।
१५ प्रतिशत तलब वृद्धिले महँगीअनुसार तल्ला कर्मचारीलाई राहत दिन नसक्ने उनको दाबी छ ।
तपाईको प्रतिक्रिया