बाँकेमा स्कूल बसको ठक्करले चार वर्षीया बालिकाको मृत्यु

समाचार

बाँके, १७ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

बैजनाथ गाउँपालिका–१ मा मंगलबार बसको ठक्करबाट स्थानीय ४ वर्षीया प्रज्ञा खड्काको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी प्रज्ञाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नम्बर नखुलेको स्कुल बसले आज बिहान बालिकालाई ठक्कर दिएको थियो ।

बससहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ