काठमाडौँ, १७ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा धाँधली र राज्य शक्तिको दुरुपयोग भएको आरोप लगाएको छ ।
पार्टी अध्यक्ष महन्त ठाकुरले आज विज्ञप्ति जारी गरी स्थानीय तहको निर्वाचनका क्रममा सरकारले निष्पक्षता कायम गर्न नसकेको ठहर गर्दै विभिन्न स्थानमा सत्ता गठबन्धनका घटक दलहरूले धाँधली र राज्य शक्तिको दुरुपयोग गरेको आरोप लगाएका हुन् ।
लोसपाले अब हुने निर्वाचनमा अलोकतान्त्रिक गतिविधि, धाँधली र शक्ति दुरुपयोगविरुद्ध आम मतदाता, लोसपा पार्टी पंक्ति, निर्वाचन आयोग र सुरक्षा निकायलाई थप सचेत र सजग रहन पनि आग्रह गरेको छ ।
साथै, स्थानीय तहको चुनावमा आफ्नो पक्षमा प्राप्त जनमतको सम्मान गर्दै लोसपाले जनसमुदाय, मतदाता, पार्टी कार्यकर्ता र शुभेच्छुकहरूलाई धन्यवादसमेत दिएको छ ।
तपाईको प्रतिक्रिया