नागरिकताविहीन नागरिकको आन्दोलनमा प्रहरी हस्तक्षेप, केही युवा पक्राउ

समाचार

काठमाडौँ, १७ जेठ । नागरिकताविहीन नागरिकद्वारा गरिएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

मंगलबार नागरिकताविहीन नागरिकहरूले संसद् भवन अगाडि गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी केही युवालाई पक्राउ गरेको हो । प्रहरीले नागरिकताविहीन संघर्ष समितिका संयोजक इन्जिनियर जित साफीसहित केही युवालाई पक्राउ गरेको छ । उनीहरूलाई पक्राउ गरी नयाँ बानेश्वरस्थित प्रहरी चौकीमा राखिएको छ ।

काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका उनीहरूले आज तेश्रो दिन पनि नागरिकताको माग गर्दै प्रदर्शन गरेका थिए । जन्मसिद्ध र एकल आमाका सन्तानहरूलाई नागरिकता दिन सरकार र संसद् जिम्मेवार नभएको भन्दै समिति आन्दोलनमा उत्रिएको हो ।

राज्यले आफूहरूलाई नागरिकताविहीन बनाएकाले आन्दोलनमा उत्रिनु परेको उनीहरूले बताउँदै आएका छन् । नागरिकता नहुँदा उच्च शिक्षा प्राप्त गर्न, जागरी गर्न, विद्यालय भर्ना, सवारी लाइसेन्स, जग्गा पास गर्न, बैंक खाता खोल्न, सिमकार्ड लिनसमेत समस्या भएको उनीहरूको गुनासो छ ।

दलहरूबीच सहमति नहुँदा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक लामो समयदेखि विचाराधीन छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ