धनुषामा एक नवनिर्वाचित वडा सदस्य पक्राउ

समाचार

धनुषा, १७ जेठ  । धनुषामा एक नवनिर्वाचित वडा सदस्य पक्राउ परेका छन् । 

स्थानीय चुनावमा शहीदनगर नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा निर्वाचित राजेश बिराजीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बिराजी ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका थिए । 

कार्यपालिका सदस्य छनौटका लागि सोमबार मतदान गर्न आएका बेला उनलाई पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ