नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

समाचार

रविन्द्र यादव, नवलपरासी (पश्चिम), १८ जेठ । नवलपरासी पश्चिममा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बर्दघाट नगरपालिका ११ विजयपुरका अन्दाजी ४०÷४५ बर्षिय इन्द्र बहादुर चौधरीको मृत्यु भएको हो ।

बुधबार विहान खेत हेर्न गएका बेला पानीसङ्गै परेको चट्याङ लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख कृष्ण घिमिरेले जानकारी बताए ।

उनको उपचारको क्रममा चिसापानी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ