जनकपुरधाम, १८ जेठ । मधेश प्रदेशसभाको बजेट अधिवेशन भोलिबाट सुरु हुने भएको छ ।
असार १ गते आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउनुपर्ने भएकाले बिहीबार बजेट अधिवेशन आह्वान गरिएको हो ।
बजेटअघि प्रदेशसभामा जेठ २१ गते सरकारले आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मधेशका गृह तथा सञ्चारमन्त्री भरतकुमार साहले जानकारी दिए ।
यसअघि, मधेस प्रदेश प्रदेशसभाको आठौँ अधिवेशन चैत्र २९ गते रातिबाट अन्त्य गरिएको थियो ।
तपाईको प्रतिक्रिया