सांसद तिमल्सिनाको माग– रौतहटमा मेडिकल कलेज र कृषि विश्वविद्यालय स्थापना गरियोस्

समाचार

काठमाडौँ, १८ जेठ । नेपाली कांग्रेसका नेता तथा सांसद देवप्रसाद तिमल्सिनाले रौतहटमा मेडिकल कलेज स्थापना गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सहभागी हुँदै सांसद तिमल्सिनाले सरकारको क्रमबद्ध मेडिकल कलेज सुधार र थप्दै लैजाने कार्यक्रमअनुसार रौतहटमा एउटा मेडिकल कलेज स्थापना गर्न आग्रह गरेका हुन् ।

मानव सूचकांकदेखि सबै क्षेत्रमा सबैभन्दा पछाडि परेको र मधेश प्रदेशकै बीचमा भाग रहेको रौतहटमा मेडिकल कलेज स्थापना आवश्यक रहेको उनको तर्क छ ।

मधेश प्रदेश अन्न भण्डार रहेकाले कृषि विश्वविद्यालय पनि स्थापना हुनुपर्ने उनले जिकिर गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ