जनकपुरधाम, १८ जेठ । धनुषाको नगराइन नगरपालिकामा शहीद गेट निर्माण हुने भएको छ ।
बुधबार नवनिर्वाचित नगर प्रमुख विनयकुमार यादवले पदभार ग्रहण गर्दै नगराइन नगरपालिका वडा नम्बर २ जटहीमा शहीद गेट निर्माण गर्ने निर्णय गरेका हुन् ।
त्यस्तै, नगरपालिकास्तरीय स्वास्थ जाँचसम्बन्धी प्रयाेगशाला स्थापना, जेष्ठ नागरिक असहाय, एकल महिला, गर्भवती र अति विपन्न वर्गलाई प्रथम पाेषण केन्द्रसम्म नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, नगर कार्यपालिका प्रशासकीय भवन निर्माण कार्यकाे आवश्यक प्रक्रिया अगाडि बढाउने, गंगुलीदेखि नेपाल–भारतकाे सिमानासम्मकाे सिक्स लाइन सडककाे डिभाइडरमा वृक्षरोपण तथा सडक सरसफाइ गरी साैन्दर्यीकरण गर्ने, गुणस्तरीय शिक्षा तथा स्वास्थ सेवा प्रदान गर्ने र कृषि क्षेत्रलाई प्राथमिकता राखी किसानहरूलाई समयमा मलखाद उपलब्ध गराउनका लागि व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
तपाईको प्रतिक्रिया