बर्दिया, १८ जेठ । बर्दियामा १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।
प्रहरीले मधुवन नगरपालिका–३ का ६१ वर्षीय दुखवा थारुलाई पक्राउ गरेको हो । उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले आज जानकारी दिएको छ ।
थारुमाथि थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया