बारा, १९ जेठ । बारामा छुट्टाछुट्टै स्थानका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
कलैया उपमहानगरपालिकाका-१६ मझौलिया टोलस्थित पोखरीमा डुबेर ९ वर्षीय यस्तफा अंसारीको मृत्यु भएको छ ।
बालकलाई स्थानीयले पाेखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको र उनकाे उपचारको क्रममा अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, कोल्हबी नगरपालिका–११ बेलावा टोल बस्ने वीरनाथ चौधरीकाे घरभन्दा करिब पाँच सय मिटर पश्चिममा रहेको आफ्नै पोखरीमा डुबेर मृत्यु भएको छ ।
घरबाट घाँस काट्न गएका उनी अबेर रातसम्मा घर नआएपछि खोजी गर्ने क्रममा उनलाई उक्त पोखरीमा मृतावस्थामा भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
उनकाे मृत्युबारे अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया