सिरहा, १९ जेठ । सिरहाको गोलबजारस्थित इनारभित्र एक जनाको शव भेटिएको छ ।
गोलबजार नगरपालिका–२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान फेला परेको हो ।
श्रीमतीका लागि औषधि लिन जाने क्रममा हिजो साँझबाट हराएका ४८ वर्षीय साहको भेटिएको छ ।
‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै साइकलमा जानुभएका उहाँ राति अबेरसम्म पनि नफर्किएपछि खोजतलाश गर्ने क्रममा बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित शव फेला परेको प्रहरीले जनाएको छ । शव इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीेले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
हत्या गरी इनारमा फालिएको दाबी गर्दै मृतकका परिवारजनले दोषीमाथि कारबाहीको माग गरेका छन् ।
तपाईको प्रतिक्रिया