कोरोना बिमा बापतको रकम भुक्तानी गर्न आदेश

समाचार

मोरङ, १९ जेठ । विराटनगरस्थित उच्च अदालतले कोरोना बिमा बापतको रकम भुक्तानी गर्न आदेश दिएको छ ।

अदालतका सूचना अधिकारी ओम सुवेदीले कोरोना बिमाको रकम भुक्तानीबारे बिमा कम्पनीको नाममा सोमबार परमादेश गरेको हो ।

सूचना अधिकारी सुवेदीले अदालतका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी थारु र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले बिमाको रकम भुक्तानी गर्न परमादेश गरेको हो ।

गत वर्ष २१ भदौ नेपाल पत्रकार महासंघ मोरंग शाखाले उच्च अदालत विराटनगरमा बिमा रकम भुक्तानीका लागि परमादेश माग गर्दै रिट दायर गरेको थियो । सो रिट दायर निवेदकको पक्षमा परमादेश आदेश आएको हो ।

अदालतमा सोमबारको पेशीमा पत्रकार महासंघ मोरङ शाखाका तर्फबाट अधिवक्ता मनोजकुमार आचार्यले पैरवी गरेका थिए । विपक्षीको तर्फबाट ५ जना कानुन व्यवसायीले बहस गरेको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

दुवैतर्फको बहसपछि अदालतले बिमा गर्ने कम्पनी अजोड इन्स्योरेन्स लिमिटेडलाई बिमा रकम भुक्तानी गर्न परमादेश हो । सूचना अधिकारी सुवेदीका अनुसार अबको पाँच दिनपछि आदेशको पूर्णपाठ आउनेछ ।

कोरोना महामारीको समयमा पत्रकार महासंघ मोरङ र अजोड इन्स्योरेन्स कम्पनीबीच द्विपक्षीय सम्झौता भएको थियो ।

जसमा मोरङका २ सय जनाभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको बिमा गरिएको थियो । सो अवधीमा कोरोनाबाट ५१ जना सदस्य संक्रमित भएका थिए । जसमा २० जनाले बिमा रकम भुक्तानी पाए पनि अन्य ३१ संक्रमितले रकम पाउन बाँकी छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ