गुनासा सुन्न धनगढीका प्रमुखको छुट्टै नम्बर

समाचार

धनगढी, १९ जेठ । धनगढीका प्रमुख गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाट्सएप नम्बर सार्वजनिक गरेका छन् ।

उनले उपमहानगरपालिकामा सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाट्सएप नम्बर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पिरमार्का सुन्न, सल्लाह सुझाव लिन प्रमुख हमालले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका छन् ।

यो नम्बर प्रमुख हमालसँगै हुनेछ । हमालले विकास निर्माणको काममा कही कमसल सामग्री प्रयोग, गलत काम, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भए कल गर्न नगरबासीलाई आग्रह गरेका छन् ।

भ्रष्टाचार अन्त्य गरी सुशासन कायम र लोककल्याणकारी नगरको निर्माणमा आफू लागेको बताउँदै उनले व्यक्तिगत कामका लागि भने सो नम्बरमा फोन नगर्नसमेत अनुरोध गरे ।

राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले शुसासन ल्याउन नसकेको भन्दै उपमहानगर प्रमुखका लागि तयार भएका हमालले अब भ्रष्टाचारको अन्त्य गर्न ह्वाट्सएप नम्बर सार्वजनिक गरेका हुन् ।

कतै कुनै बदमासी भएको भए सो नम्बरमा फोन गर्न आग्रह गर्दै उनले गलत भेटिए तुरुन्तै कारबाही हुने चेतावनी दिए ।

उपमहानगरका हरेक सूचना एकैदिन उपलब्ध गराउन कर्मचारीलाई निर्देशन दिइएको हमालले बताए । अब सञ्चारकर्मीले सूचनाका लागि निवेदन दिएर १५ दिनसम्म कुर्नु नपर्ने हमालको भनाइ थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ