कार्यालय सहयोगी बने वडाध्यक्ष

समाचार

बाँके, १९ जेठ । बाँकेको नरेनापुर गाउँपालिकामा फरक भूमिका रहेका ३५ वर्षीय अजयकुमार मिश्राको परिचय अहिले फेरिएको छ ।

कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका उनी अहिले जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उक्त गाउँपालिका–३ को वडाध्यक्ष निर्वाचित भएका हुन् ।

मिश्राले गाउँपालिकामा नेकपा एमालेका ताजमोहम्द खाँ र नेपाली काँग्रेसका राजकुमार मौर्यलाई हराएर ६५४ मत ल्याएका थिए ।

उक्त गाउँपालिकामा कार्यालय सहयोगीको रुपमा कार्यरत मिश्रा यस पटकको स्थानीय चुनावमा जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि गाउँ टोलका समस्या समाधान गर्न व्यस्त छन् ।

कोरोनाकालमा जनतालाई आपत पर्दा होस् वा बाढीपीडित हुँदा गरेको कामबाट प्रभावित भएर जनताले आफूलाई वडाध्यक्षमा निर्वाचित गरेको मिश्राले उल्लेख गरे ।

नेपालगञ्जबाट पूर्व–दक्षिण दिशामापर्ने नरेनापुर पुग्न करिब दुई घण्टा लाग्छ । साविकका छ गाविस मिलेर बनेको नरेनापुर गाउँपालिकामा ३४ हजार ९४२ जनङ्ख्या छ ।

इस्लाम र हिन्दू धर्मवलम्बीको बाहुल्यता रहेको सो पालिकामा कृषि नै जीविकोपार्जनको मुख्य आधार हो । यसलाई दुर्गम गाउँपालिकाकाको रुपमा समेत चित्रण गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ