रौतहट, १९ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका–५ मा रहेको सरकारी अस्पतालमा ६ जना स्वास्थ्यकर्मी बिना सूचना अनुपस्थित रहेको पाइएको छ ।
नगरप्रमुख सञ्जय काफ्ले, वडाअध्यक्ष नीलहरी कोइरालासहित वडासदस्यले अस्पताल अनुगमनगर्दा स्वास्थ्यकर्मीहरु अनुपस्थित रहेको पाइएको हो ।
असिस्टेन्ट हेल्थवर्कर (अहेव) राजेशप्रसाद रौनियार २३ जेठदेखि, अनमि प्रेमकुमारी पौडेल ११ जेठदेखि, अनमि अम्बिकाकुमारी १ दिन, हेल्थ असिस्टेन्ट लक्ष्मण राय १दिन, सीएनएम रञ्जुकुमारी मुखिया १ दिन र स्टाफ नर्स विमलाकुमारी साह४ जेठदेखि बिना सूचनाअ नुपस्थित रहेको पाइएको छ ।
अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेव ाप्रभावकारी नभएको गुनासो बढेपछि नगरप्रमुख काफ्लेले सम्बन्धित वडाका वडाध्यक्ष र सदस्यसहित अस्पतालको अनुगमन गरेका हुन् ।
अनुपस्थित रहने ती स्वास्थ्यकर्मीको कारबाही अघि बढाउन प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देललाई जिम्मा लगाइएको नगरप्रमुख काफ्लेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया