सप्तरी, २० जेठ । राजविराज नगरपालिकाका प्रमुख भीमराज यादवले जनताका गुनासा आउने बित्तिकै समाधान गर्न थालेका छन् ।
प्रमुख पदको शपथ र पदभार ग्रहण कार्यक्रममा उनले नगर क्षेत्रभित्र कतै केही समस्या भए तुरुन्तै फोन गर्न नगरवासीलाई आग्रह गरेका थिए ।
सोहीअनुसार प्रमुख यादवलाई हटियामा वर्षाको पानी जमेर जलमग्न हुँदा आवातजावतमा समस्या भएको भन्दै सोमबार स्थानीयवासीले फोन गरे ।
लगत्तै जेसिबी लिएर प्रमुख यादवले जमेको पानीलाई निकास दिएका थिए । यस्तै ढलमा जमेका फोहोरमैलालाई पनि यादव नेतृत्वमा जुटेको सफाइ टोलीले निकालेर फालेका छन् ।
तपाईको प्रतिक्रिया