विराटनगर, २० जेठ । प्रदेश १ को १०औं एवं बजेट अधिवेशनसुरु भएको छ । बैठकको पहिलो दिनमै सत्तापक्ष र प्रतिपक्षबीच सदनमा आरोप प्रत्यारोप चल्यो ।
बैठकमा प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता भीम आचार्यले निर्वाचनबाट दलहरू सच्चिएर अघि बढ्नुपर्ने सुझाव जनताबाट आएको बताए ।
निर्वाचनमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएको प्रसंगलाई जोड्दै प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत रहेका आचार्यले दलहरूबाट भएको त्रुटिबारे समीक्षा गर्न आवश्यक रहेको बताए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले स्थानीय निर्वाचन सम्पन्न गरेर गठबन्धन सरकारले ठूलो जिम्मेवारी पूरा गरेको बताए ।
तपाईको प्रतिक्रिया