बारामा करेन्ट लागेर एक जनाको मृत्यु

समाचार

बारा, २० जेठ । बारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–२३ बैराथपुर टोलकी ३५ वर्षीया प्रभा देवी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ७ बजे करेन्ट लागेर गम्भीर घाइते भएकी देवीलाई उपचारका लागि तराई अस्पताल वीरगन्ज लैजाने क्रममा बाटोमै मृत्‍यु भएको हो ।

कलमा जडान गरिएको पानी तान्ने मोटर चलाएर पानी थाप्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ