बाँकेको कोहलपुरमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

समाचार

बाँके, २० जेठ । बाँकेको कोहलपुरमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

गएराति कोहलपुर नगरपालिका–१५ अक्कल घरुवामा रोकिराखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको हो ।

सडक छेउमा रोकिराखेको भे. १ त ८९७६ नम्बरको ट्याक्टरमा भे. ४ प १०३३ नम्बरको मोटरसाइकल ठोक्किँदा यसका चालक बाँकेको खजुरा गाउँपालिका–५ का ३३ वर्षीय सुमन शर्माको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ